17th April | 2021 | Saturday | 1:30:10 AM

धादिङमा एचआईभी एड्स संक्रमितको संख्या बढ्दै

बाबुराम श्रेष्ठ   POSTED ON : मंसिर १७, २०७७ (२:५५ PM)

धादिङमा एचआईभी एड्स संक्रमितको संख्या बढ्दै

धादिङ । पछिल्लो आंकडाले धादिङमा एचआईभी एड्स संक्रमित विरामीहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । 

हालसम्म धादिङमा यस रोगका विरामीहरुको संख्या १ सय १३ जना रहेका छन् भने ५ जनाको मृत्यु भैसकेको छ ।

 विशेष गरी समुदाय स्तरमा एचआईभी एड्स सम्बन्धी जनचेतनाको कमीले गर्दा यस रोगका विरामीहरुको संख्या बढेको धादिङ अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. त्रिभुवन चन्द्र झाले बताउनु भयो ।

एचआईभी एड्स रोगीका विरामीहरुलाई गर्ने व्यवहारको अन्त्य र हरेक व्यक्तिहरुमा यस रोगीका विरामीहरुले समयमै उपचार गरे रोग निको हुन्छ भन्ने चेतना हुनु पर्ने डा. झाले बताउनु हुन्छ ।  मानिसहरुमा चेतनाको कमीले गर्दा यस रोगीका विरामीहरु अस्पताल सम्म उपचार गर्न सजिलैसँगै आउन नसकेको उहाँले बताउनु भयो । एचआईभी एड्सका बिरामीहरु समाज मानिहरुले गरिने व्यबहारले गर्दा उपचार भन्दा रोगबाट ग्रसित भई बस्ने गरेको पाइन्छ । यस रोगीका विरामीहरुलाई समाजका मानिसहरुले थाहा पाएमा समाजबाट अपहेलना गर्ने डरले समेत खुलेर अस्पताल सम्म आउन विज्ञहरु बताउँछन् । 

यस्तै धादिङ अस्पतालका स्टाफ नर्स सरस्वती मल्लले भने एचआईभी एड्स रोगका विरामीहरु पछिल्लो समयमा निकै बढेको र नियमित औषधी सेवन गरे विरामीको अवस्था राम्रो हुने बताउनु भयो । संक्रमित विरामीहरुको विना चेकजाँच ब्लड अन्य ब्यक्तिलाई लिने दिने गर्दा, संक्रमित विरामीबाट बच्च जन्माउनु, असुरक्षित तरिकाले यौन सम्पर्क गर्दा यो रोग सर्ने गरेको नर्स मल्लले बताउनु भयो । 

 यस्तै एड्स भएपछि शरीरको रोगसँग लड्ने क्षमता ह्रास भएर क्यान्सर जस्ता अवसरवादी रोग लाग्ने गरेको पाइएको छ । तर विज्ञहरुको अनुसार हरेक मान्छेको  रगतको परीक्षण गरेपछि मात्र एचआईभी भए नभएकोबारे थाहा हुने बताएका छन् । विशेष गरेर असुरक्षित शारीरिक सम्पर्क गर्ने व्यक्ति, सुई मार्फत ड्रक्स लिने व्यक्तिले एचआईभीको जाँच समयमै गराउनु पर्ने मल्ल बताउनु हुन्छ । एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवार’ भन्ने यस वर्षको नारा रहेको छ । एचआईभी सार्ने मुख्य कारणमध्ये नेपालमा ७६ प्रतिशत असुरक्षित शारीरिक सम्पर्कबाट नै सर्ने गरेको अनुसन्धानले देखाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सङ्क्रमण हुने दर ६४ प्रतिशतले घटेको छ ।

 


Views: 151