22nd January | 2021 | Friday | 11:56:22 AM

काठमाडौ उपत्यकामा थप ७२३ सहित देशभर थप १४९० जनामा कोरोना पुष्टि

हिमालय टाइम्स   POSTED ON : मंसिर १७, २०७७ (६:४६ PM)

काठमाडौ उपत्यकामा थप ७२३ सहित देशभर थप १४९० जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८३०० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज काठमाडौं उपत्यकाका ७२३ जना संक्रमित थपिएका छन्, आज थपिएकामध्ये काठमाडौंका ६३१, ललितपुरका ६१ र भक्तपुरका ५८ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । 

अहिलेसम्म २ लाख १८ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १५३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


Views: 70