काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण भेटिएको छ ।
यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ
पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९जनाको पिसिआर परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २१ सय ११ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ।
आज देशभर १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा देशभर १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ५ सय ५१ जना संक्रमितको मृत्यु भइसकेको छ।
Views: 80