25th February | 2021 | Thursday | 7:53:10 AM

काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना संक्रमण, थप ७ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर १८, २०७७ (४:४२ PM)

काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना संक्रमण, थप ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५६१ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै उपत्यकामा एक लाख १० हजार ९४० जना व्यक्ति संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४५५, ललितपुरमा २६ र भक्तपुरमा ८० जनालाई  कोरोना संक्रमण देखिएको छ । 

त्यसैगरी, आज काठमाडौंमा ५, ललितपुमा १ र भक्तपुरमा १ जना गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण भेटिएको छ ।

 यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ  


Views: 86