25th February | 2021 | Thursday | 8:04:50 AM

देशभर थप १२७२ जनामा कोरोना संक्रमण, थप १६ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर १९, २०७७ (४:२८ PM)

देशभर थप १२७२ जनामा कोरोना संक्रमण,  थप १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण देखिएकोा छ । 

यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । 

पछिल्लो २४ घन्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 योसहित अहिलेसम्म १ हजार ५ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार आज देशभर १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ।

आज देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।


Views: 80