25th February | 2021 | Thursday | 7:39:50 AM

पछिल्लो २४ घण्टामा थप १५७५ जना कोरोना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : मंसिर १९, २०७७ (४:३२ PM)

पछिल्लो २४ घण्टामा थप १५७५ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २१ हजार ८४७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । 

पछिल्लो २४ घन्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 योसहित अहिलेसम्म १ हजार ५ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ ।


Views: 74