8th March | 2021 | Monday | 6:19:45 AM

काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर १९, २०७७ (५:१३ PM)

काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६०६ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितसहित उपत्यकामा एक लाख ११ हजार ५४६ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४४० , ललितपुरमा १२५ र भक्तपुरमा ४१ जनालाई  कोरोना संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा काठमाडौंमा २, ललितपुमा ३ र भक्तपुरमा २ जना गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज देशभर १६ कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म १ हजार ५ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म काठमाडौंमा मात्र ८९ हजार ७२८ जना संक्रमित भएका छन् । जसमध्ये ३९५ जनाको मृत्यु भएको छ । 

हालसम्म ८३ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् । ललितपुरमा १३ हजार ६९८ जना संक्रमित भएका छन्। जसमा १२० जना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा १२ हजार ३२३ जना संक्रमणमुक्त भएका छन्। भक्तपुरमा ८ हजार १२० संक्रमितमध्ये ९५ जनाको मृत्यु भएको छ। हालसम्म ७ हजार ७८५ जना संक्रमणमुक्त भएका छन् ।


Views: 90