25th February | 2021 | Thursday | 8:13:30 AM

पछिल्लो २४ घण्टामा देशभर थप १०२४ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर २०, २०७७ (४:३२ PM)

पछिल्लो २४ घण्टामा देशभर थप १०२४ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर थप १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २४ हजार ५३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।


Views: 108