काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसअनुसार काठमाडौंमा ३ सय ४९, भक्तपुरमा १८ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो।
यो सँगै काठमाडौंमा मात्र ९० हजार ७७ जना संक्रमित पुगेको छ। जसमध्ये ५ हजार ६ सय ५१ जना सक्रिय छन् भने ८४ हजार २९ जना उपचारपछि निको भएका छन् । काठमाडौमा ३ सय ९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
ललितपुरमा कुल संक्रमितको संख्या १३ हजार ७ सय ६३ पुगेको छ ।
ललितपुरमा १ सय २२ जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।
कुल संक्रमितमध्ये १२ हजार ५ सय १३ जना उपचारपछि निको भएका छन् भने १ हजार १ सय २८ जना सक्रिय छन्।
भक्तपुरमा कुल संक्रमितको संख्या ८ हजार १ सय ३६ पुगेको छ ।
जसमध्ये ७ हजार ५ सय ५० जना उपचारपछि निको भएका छन् भने ४ सय ९३ जना उपचाररत छन्।
भक्तपुरमा ९५ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Views: 98