काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार आज काठमाडौंमा ३ सय ५१, ललितपुरमा ७४ र भक्तपुरमा ५९ जना मा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पिसिआर परीक्षण भएको छ ।
हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १३ हजार ५२८ जना सक्रिय संक्रमित छन्।
आज १७५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ।
Views: 100