25th February | 2021 | Thursday | 7:33:18 AM

कोरोनाका कारण थप १७ जनाको मृत्यु, थप १७५२ जना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : मंसिर २१, २०७७ (४:५८ PM)

कोरोनाका कारण थप १७ जनाको मृत्यु, थप १७५२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 यसअघि शनिबार १० जना संक्रमितको मृत्यु भएको थियो। 

आइतबार १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्यासहित कुल संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ । कुल संक्रमितमध्ये १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९५ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै नेपालमा २ लाख २५ हजार ८ सय ५ जना संक्रमित उपचारपछि निको भएका छन् ।


Views: 120