काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४ जनामा कोरोना संक्रमण भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको छ ।
मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको पिसिआर परीक्षण भएको थियो ।
नेपालमा हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पिसिआर परीक्षण भइसकेको छ ।
हाल क्वारेन्टाइनमा ५२७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ९४८ जना सक्रिय संक्रमित छन् ।
आज १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ।
Views: 93