काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ६ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख २७ हजार ४ सय ३३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना निको हुनेको दर नेपालमा अहिले ९४ प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार २ सय २० जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । यो सँगै १७ लाख ९० हजार ७ सय ३९ जनाको पिसिआर भएकोे छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४ जनामा कोरोना संक्रमण भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको छ ।
Views: 94