8th March | 2021 | Monday | 6:06:06 AM

कोरोनाका कारण थप २० जनाको मृत्यु, नेपालमा मृतकको संख्या १६१४ पुग्यो

हिमालय टाइम्स   POSTED ON : मंसिर २२, २०७७ (४:४१ PM)

कोरोनाका कारण थप २० जनाको मृत्यु, नेपालमा मृतकको संख्या १६१४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार २ सय २० जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । यो सँगै १७ लाख ९० हजार ७ सय ३९  जनाको पिसिआर भएकोे छ ।  

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको छ ।


Views: 83