काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज काठमाडौं उपत्यकाका ४४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा ३४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरमा १ हजार १४ जना कोरोना संक्रमित भेटिएका छन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
Views: 106