6th March | 2021 | Saturday | 12:18:53 PM

देशभर थप १३८२ जनामा कोरोना संक्रमण, २३ संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर २३, २०७७ (४:४३ PM)

 देशभर थप १३८२ जनामा कोरोना संक्रमण, २३ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

 योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्ये छ ।

कोरोनाबाट थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ३७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ। 

हाल क्वारेन्टाइनमा ५२३ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ६८६ जना सक्रिय संक्रमित छन्। 

आज १६२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।


Views: 106