25th February | 2021 | Thursday | 8:20:43 AM

देशभरमा थप १६२१ जना कोरोना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : मंसिर २३, २०७७ (४:५० PM)

देशभरमा थप १६२१ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २९ हजार ५४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

 योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

कोरोनाबाट थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ३७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको थियो । 

हाल क्वारेन्टाइनमा ५२३ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ६८६ जना सक्रिय संक्रमित छन्। 


Views: 75