6th March | 2021 | Saturday | 11:01:37 AM

काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर २३, २०७७ (४:५९ PM)

काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९४ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएकासँगै उपत्यकामा एक लाख १३ हजार ४९८ जनामा संक्रमण भेटिएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४१३ , ललितपुरमा ११३ र भक्तपुरमा ६९ जनालाई  कोरोना संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा काठमाडौंमा १० र ललितपुरमा १ जना गरी जम्मा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म काठमाडौंमा मात्र ९१ हजार १८४ जना संक्रमित भएका छन्, जसमध्ये ४२५ जनाको मृत्यु भएको छ। हालसम्म ८५ हजार ८८३  जना निको भएका छन्। 

अहिलेसम्म ललितपुरमा १४ हजार १७ जना संक्रमित भएका छन्। जसमा १२५ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १२ हजार ९०० जना निको भएका छन्।

भक्तपुरमा ८ हजार २९७ संक्रमितमध्ये ९६ जनाको मृत्यु भएको छ। हालसम्म ७ हजार ७५१ जना निको भएका छन्। 

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

कोरोनाबाट थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ३७ पुगेको छ । 


Views: 97