25th February | 2021 | Thursday | 8:21:05 AM

काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर २४, २०७७ (४:३६ PM)

काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९६ जनामा कोरोना संक्रमण भेटिएको छ ।

योसँगै काठमाडौं उपत्यकामा कुल एक लाख १४ हजार ५ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनालाई  कोरोना संक्रमण देखिएको हो । त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा ३ जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ५ हजार ९७२ जनाको पिसिआर परीक्षण भएको छ ।

सोमबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ५१ पुगेको छ । 

आज १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ ।


Views: 105