8th March | 2021 | Monday | 6:46:30 AM

थप १४८३ जना कोरोना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : मंसिर २४, २०७७ (६:३१ PM)

थप १४८३ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३० हजार ५३७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६५१ पुगेको छ ।


Views: 97