8th March | 2021 | Monday | 5:22:47 AM

देशभर थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर २५, २०७७ (४:२२ PM)

 देशभर थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार २ सय १७ जनामा कोरोना संक्रमण भेटिएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसारा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

आज ७ हजार २ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसिआर परीक्षण भएको छ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन्। 

आज १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ।


Views: 95