8th March | 2021 | Monday | 6:32:40 AM

काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : मंसिर २५, २०७७ (४:३६ PM)

काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण देखिएको छ ।  योसँगै उपत्यकामा एक लाख १४ हजार ४०९ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३२८ , ललितपुरमा ५१ र भक्तपुरमा २५ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुमा १ र भक्तपुरमा १  जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयका अनुसारा पछिल्लो २४ घण्टामा देशभरबाट थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार २ सय १७ जनामा कोरोना संक्रमण भेटिएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।

आज ७ हजार २ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसिआर परीक्षण भएको छ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन्। 

आज १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ।


Views: 94