काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसहित कोरोना संक्रमणम्क्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार २१७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।
आज देशभर १२ हजार ३८६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ६६३ पुगेको छ। देशभर ५१५ जना क्वारेन्टाइनमा रहेका छन् ।
Views: 63