काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।
थप संक्रमितेसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएको थियो । नेपालमा हालसम्म १८ लाख २० हजार ६१८ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार १४८ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
आज १ हजार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ।
Views: 88