काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५४१ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै उपत्यकामा एक लाख १४ हजार ९५० जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४०२ , ललितपुरमा १०५ र भक्तपुरमा ३४ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ र ललितपुमा २ जना गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२७१ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ ।
Views: 91