काठमाडौ । पछिल्लो २४ घण्टामा देशभरबाट थप १२७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३२ हजार ८७२ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।
Views: 117