काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८९९ जनामा कोरोना संक्रमण भेटिएको छ ।
थपिएका संक्रमितसँग नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपालमा हालसम्म १८ लाख २५ हजार ८६० जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ५१९ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ११ हजार ६७३ जना सक्रिय संक्रमित छन्।
आज १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ ।
Views: 231