6th March | 2021 | Saturday | 10:21:24 AM

काठमाडौं उपत्यकामा थप ४८२ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : मंसिर २७, २०७७ (५:०६ PM)

काठमाडौं उपत्यकामा थप ४८२ जनामा कोरोना संक्रमण

काठमाडौं  । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। 

गत २४ घण्टामा देशभर भेटिएका ८ सय ९९ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४ सय ८२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौंमा ३ सय ८१, ललितपुरमा ६९ र भक्तपुरमा ३२ जनामा कोरोना भेटिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको छ ।


Views: 118