काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३० जनामा कोरोना संक्रमण देखिएको छ ।
आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेकोे छ ।
पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ५१६ रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९९४ जना सक्रिय संक्रमित छन् ।
आज १५०० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ।
Views: 110