काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५०० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३५ हजार७३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ८३० जना कोरोना संक्रमित भेटिएका छन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५१६ रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९९४ जना सक्रिय संक्रमित छन्।
Views: 98