काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३४८ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख १५ हजार ७८० जना व्यक्ति संक्रमित भएका छन्।
जस अनुसार काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको छ।
त्यसैगरी, आज काठमाडौंमा २ र ललितपुमा १ जना गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ८३० जना कोरोना संक्रमित भेटिएका छन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५१८१ जनाको नमुना परीक्षण गरिएको थियो ।
नेपालमा हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ५१६ रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९९४ जना सक्रिय संक्रमित छन्।
Views: 103