6th March | 2021 | Saturday | 11:00:39 AM

काठमाडौं उपत्यकामा थप ३३३ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : मंसिर २९, २०७७ (४:५१ PM)

काठमाडौं उपत्यकामा थप ३३३ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३३३ जनामा कोरोना संक्रमण भेटिएको छ । 

योसँगै उपत्यकामा १ लाख १६ हजार ११३ जना व्यक्ति संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा ८२१ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सोमबार थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। 

नेपालमा हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको पिसिआर परीक्षण भएको छ। 


Views: 120