काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३८ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा एक लाख १६ हजार ५५१ जना व्यक्ति संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३१० , ललितपुरमा ८६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १ र ललितपुमा ३ जना गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Views: 89