काठमाडौं । देशभरबाट पछिल्लो २४ घण्टामा १ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर ९३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।
आज देशभर ९ हजार ८८१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाका कारण मृत्यु हुनको सख्ंया १ हजार ७३० पुगेको छ ।
Views: 88