काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३६ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण भएको थियो । नेपालमा हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन्।
आज ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ ।
Views: 168