6th March | 2021 | Saturday | 11:59:05 AM

कोरोनाबाट नेपालमा थप १३ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : पुष १, २०७७ (४:५२ PM)

कोरोनाबाट नेपालमा थप १३ जनाको मृत्यु

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको छ। 

पछिल्लो २४ घण्टामा देशभर ७३६ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण भएको थियो । नेपालमा हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन्। 

आज ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  योसँगै कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ ।


Views: 103