काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै उपत्यकामा एक लाख १६ हजार ९४२ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४ , ललितपुरमा ७७ र भक्तपुरमा २० जनालाई कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर ७३६ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण भएको थियो ।
Views: 95