6th March | 2021 | Saturday | 9:50:17 AM

थप ९४७ संक्रमित कोरोनामुक्त

हिमालय टाइम्स   POSTED ON : पुष २, २०७७ (४:४८ PM)

थप ९४७ संक्रमित कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 योसँगै हालसम्म कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६५८८ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४९ पुगेको छ । 

नेपालमा हालसम्म १८ लाख ५५ हजार ७२४ जनाको पिसिआर परीक्षण भएको छ ।

 हाल क्वारेन्टाइनमा ४४४ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ५८० जना सक्रिय संक्रमित छन्। 


Views: 73