काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६३ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख १७ हजार ३०५ जना व्यक्ति संक्रमित भएका छन्।
आज थपिएका संक्रमित मध्ये काठमाडौंमा २७३ , ललितपुरमा ४९ र भक्तपुरमा ४१ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा २ जना र ललितपुरमा २ जना गरी ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६५८८ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४९ पुगेको छ ।
Views: 92