6th March | 2021 | Saturday | 10:05:44 AM

थप १०२९ जना कोरोना संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : पुष ३, २०७७ (४:२६ PM)

थप १०२९ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा १०२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

योसँगै कुल निको हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५७०६ जनाको पिसिआर परीक्षण भएको छ

नेपालमा हालसम्म १८ लाख ६१ हजार ४३० जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

।पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ६५ पुगेको छ । 

हाल क्वारेन्टाइनमा ४२७ रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ३१७ जना सक्रिय संक्रमित छन् । 


Views: 101