काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै काठमाडौं उपत्यकामा एक लाख १७ हजार ८७९ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
आज पुष्टि भएका मध्ये काठमाडौंमा २०२, ललितपुरमा ७६ र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी, आज काठमाडौंमा १ जना र ललितपुरमा १ जना गरी २ कोरोना संक्रमितको मृत्यु भएको छ ।
Views: 86