काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ८० जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ६६ हजार २ सय १० पुगेको छ।
शनिबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन्।
Views: 99