काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७० हजार ८ सय ३० पुगेको छ।
आइतबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ८८ पुगेकोे छ । हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा १ हजार ९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।
Views: 102