8th March | 2021 | Monday | 8:57:07 PM

देशभर थप ७२२ जनालाई कोरोना संक्रमण, ३ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : पुष ७, २०७७ (४:२६ PM)

देशभर थप ७२२ जनालाई कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं  । पछिल्लो २४ घण्टामा देशभर ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।

गत २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण गर्दा ७ सय २२ जनामा कोरोना पुष्टि भएको छ। 

हालसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ८४ हजार १ सय ८१ पुगेको छ। 

आइतबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ। 

हाल ४ सय १३ जना क्वारेन्टाइनमा छन्। 

पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  यो सँगै नेपालमा कोरोन संक्रमणमुक्त हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको मन्त्रालयले जनाएको छ।


Views: 110