8th March | 2021 | Monday | 9:52:35 PM

पछिल्लो २४ घण्टामा देशभर ७४३ जनामा कोरोना पुष्टि, थप ५ संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : पुष ८, २०७७ (४:४५ PM)

पछिल्लो २४ घण्टामा देशभर ७४३ जनामा कोरोना पुष्टि, थप ५ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार  ५ सय ५९ जनाको पिसिआर परीक्षण भएको थियो ।  यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९० हजार ७सय ४० पुगेको छ। 

थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३ पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ९५२ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ।


Views: 102