काठमाडौं । पछिल्लो २४ घण्टामा ८४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४३४ जनाको पिसिआर परीक्षण भएको थियो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५ हजार ८२६ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३६९ सय जना क्वारेन्टाइनमा छन्।
Views: 93