8th March | 2021 | Monday | 10:04:18 PM

देशभर थप ४८१ जनामा कोरोना संक्रमण, ६ संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : पुष १२, २०७७ (४:३५ PM)

देशभर थप ४८१ जनामा कोरोना संक्रमण, ६ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो।

हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमितको मृत्यु भएको स्वाथ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा  ७३१ जना संक्रमणमुक्त भएका छन् ।  नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


Views: 93