काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ५७८ जनाको पीसीआर परीक्षण भएको थियो ।
आज ७१८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ८३२ पुगेको छ ।
नेपालमा कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । हाल क्वारेन्टाइनमा ३६९ जना छन् भने ६ हजार ४२७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
Views: 91