8th March | 2021 | Monday | 8:46:20 PM

काठमाडौं उपत्यकामा थप २७८ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : पुष १३, २०७७ (४:४० PM)

 काठमाडौं उपत्यकामा थप २७८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २७८  जनामा कोरोना संक्रमण भएको छ । 

योसँगै उपत्यकामा एक लाख २० हजार ३८१ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा  २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जनालाई  कोरोना संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा देशभर ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा ५ हजार ५७८ जनाको पीसीआर परीक्षण भएको थियो ।

आज ७१८ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

 कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ८३२ पुगेको छ ।

नेपालमा कुल संक्रमितको संख्या २ लाख ५८ हजार  ८४० पुगेको छ । हाल क्वारेन्टाइनमा ३६९ जना छन् भने ६ हजार ४२७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Views: 81