काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख २१ हजार ३६७ पुगेको छ।
मंगलबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० पुगेको मन्त्रालयले जनाएको छ ।
मंगलबार मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको मन्त्रालयले जनाएको छ ।
Views: 59